लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएकी छिन् ।
यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ ।
डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको विरोधमा प्रदर्शनकारीहरूले जुन ६ देखि विरोध प्रदर्शन सुरु गरेका थिए ।
र्यालीहरू प्रायः शान्तिपूर्ण र डाउनटाउन लस एन्जलसको सानो क्षेत्रमा सीमित छन्, तर छिटपुट र आँखा खिच्ने हिंसाले बिगारेको छ । र्यालीलाई रिपब्लिकन ट्रम्पले चार हजार नेसनल गार्ड र सात सय मरिन पठाउने बहानाको रूपमा प्रयोग गरकेा छन् ।
स्थिति नियन्त्रणमा रहेको दाबी गर्ने स्थानीय अधिकारीहरूको विरोधका कारण यो असाधारण तैनाथी भएको हो ।
बासले तोडफोड र लुटपाटका घटनाहरू रोक्नका लागि विरोध प्रदर्शनको मुटुमा रहेको डाउनटाउन क्षेत्रमा जुन १० मा रातभर कर्फ्यू जारी गरेका थिए ।
आइतबार उनले हिंसात्मक घटनाहरूका पछाडि रहेका व्यक्तिहरूको सङ्ख्या ‘कम हुनेछ’ भन्ने आशा गरिरहेको बताइन् ।