सुचना, समाचार र मनोरन्जन

उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक

काठमाडौं :

शुक्र तामाङको ‘भर्जिन जवानी’ सार्वजनिक भएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत छिन्।

Chaka Panja

शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेय नै रहेको छ । राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ ।गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ ।

भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । भिडियो शुक्र तामाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अहिले दर्शकलाई यो गीत निकै मन परेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.