सुचना, समाचार र मनोरन्जन

बिगमार्टको ग्रान्ड ओपेनिङ्ग पोखरामा

काठमाडौंमा ९० स्टोरहरुको सफल संञ्चालन गरीरहेको बिगमार्टले पोखराको बगर, सितलादेवी, राम बजार,फुलबारी र परस्याङ्गमा एकै साथ पाँच वटा नयाँ शाखा बिस्तार गर्ने भएको हो।

पोखरा /

बिगमार्टले पोखरामा ग्रान्ड ओपेनिङ्ग गर्ने भएको छ। काठमाडौंमा ९० स्टोरहरुको सफल संञ्चालन गरीरहेको बिगमार्टले पोखराको बगर, सितलादेवी, राम बजार,फुलबारी र परस्याङ्गमा एकै साथ पाँच वटा नयाँ शाखा बिस्तार गर्ने भएको हो।

फाल्गुण १९ गते देखी एकै साथ पाँच वटा स्टोरको Grand Opening गर्ने बिगमार्टले जनाएको छ । यस अवसरमा सामान खरीदमा भारी छुट र विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरीएको मार्टले जनाएको छ।

जसमा Namaste Pay बाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) छुट । Global IME Bank बाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) तत्कालै छुट। Debit Card, Credit Card / QR बाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) बिगमार्टले छुट दिने छ।

Prabhu Bank को Debit Card / Credit Card बाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) तत्कालै छुट दिने पनि बिगमार्टले बताएको छ । Citizens Bank को Debit Card / Credit Card बाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) छुट दिने छ।

बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले Hero Scooter प्राप्त गर्ने पनि मार्टले जनाएको छ । प्रत्येक रु. ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने मार्टले जनाएको छ । बिगमार्टले आफ्नो Facebook Page, Instagram account, WhatsApp, Viber तथा नजिकैको बिगमार्ट स्टोरहरुमा सम्पर्क गर्न सकिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.