सुचना, समाचार र मनोरन्जन

उत्तम केसी नेपालको रचनामा ‘छातीभित्र मुटु हुन्छ’ गीत सार्वजनिक

 

काठमाडौं : हास्य अभिनेताका रुपमा चर्चित कलाकार उत्तम केसी नेपाल गीत लेखनमा समेत सक्रिय हुन थालेका छन्। उनले आफ्नो शब्द रचनामा मर्मस्पर्शी गीत ‘छातीभित्र मुटु हुन्छ’ को भिडियो स्रोता तथा दशएकमा ल्याएका छन्। जसले नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा नयाँ रचना थपिएको छ।
ब्राण्ड यू पिक्चर्स प्रालिको निर्माणमा तयार पारिएको यस गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
गीतमा सिक्किम याक्थुङ स्टार गायिका अञ्जना नाल्भोको स्वर रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ बिप्लव अधिकारीले सम्पादन गरेका हुन्।
गीतलाई स्रोता दर्शकले अत्यधिक मन पराएका छन्।

Pach Pandav

गीतको भिडियो पनि उतिकै राम्रो बनेको देख्न सकिन्छ। भिडियोलाई निर्देशन अमर ओलीले गरेका छन् भने छायांकन ज्ञानकुमार कटेलको छ।
गीतको भिडियोमा मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानु कान्छा महर्जन अभिनयमा देखिएका छन्। श्रृंगार मिरा लामा, प्रकाश व्यवस्थापन शिव, सम्पादन प्रेम शर्मा पौडेल र व्यवस्थापन मनोज केसीले सम्हालेका छन्।
गीतका निर्माता उत्सव केसी हुन्।

उत्तम केसी नेपालको शब्द, अञ्जना नाल्भोको स्वर र समग्र टिमको प्रस्तुति रहेको यस गीतले दर्शकमाझ राम्रो प्रभाव पार्ने विश्वास निर्माण पक्षले लिएको छ। यसअघि गीतकार उत्तमले थुप्रै गीतका शब्दहरु कोरेका छन्। जुन नेपाली स्रोतामाझ लोकप्रिय बनेका छन्।स्

Leave A Reply

Your email address will not be published.