सुचना, समाचार र मनोरन्जन

भ्यालेन्टाइन लक्षित फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक

काठमाडौं :

आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ। गीतको भिडियोलाई निर्माण टिमले मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरेका हुन्।

गीतमा अभिनेता आमेश भण्डारी र समिक्षा अधिकारीले गाएका छन् । यस गीतम आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ। भिडियोमा फिल्मका कलाकारहरु सलोन बस्नेत र मलिका महत फिचर्ड छन्। भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ। चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ । संगीत, शब्द र स्वरको सुन्दर मिश्रण रहेको गीतमा कोरियोग्राफी अब्बल छ।

सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ । निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो । सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन रहेको छ।

त्यस्तै फिल्ममा राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.