सुचना, समाचार र मनोरन्जन

पोखरामा ४० सवारीको प्रदूषण परीक्षण, २२ फेल

पोखरा ,

ट्राफिक प्रहरी कास्कीले पोखरामा शनिबार सवारीसाधनको प्रदूषण परीक्षणमा जाँच गरेको छ । ४० वटा सवारीको प्रदुषण चेकजाँच गर्दा २२ वटाले तोकिएको प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन् । अत्यधिक धुवाँ उत्सर्जन गरेको पाइएपछि ती सवारीलाई थप कानुनी प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्की पठाइएको प्रहरीले बताएकाे छ ।

जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले न्यूरोडमा पोखरा नगरक्षेत्रमा भित्र चल्ने सिटी बस तथा अन्य  सवारीसाधनको अनुगमन गरेको थियो ।

ट्राफिक प्रहरीले वायु प्रदूषण नियन्त्रण, वातावरण संरक्षण तथा सडकमा सञ्चालन हुने सवारीसाधनलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गराउने उद्देश्यले परीक्षण र अनुगमन गरिएको जनाएको छ।

सवारीधनी तथा चालकलाई नियमित मर्मतसम्भार गरी सवारीलाई प्रदूषण मापदण्डअनुसार सञ्चालन गर्न प्रहरीको अनुरोध छ।

Leave A Reply

Your email address will not be published.