सुचना, समाचार र मनोरन्जन

भिजिट भिसामा नियोजित आक्रमण भएको गृहमन्त्रीको गुनासो

काठमाडौँ,

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् । बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन । मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ ।’

अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न’ उनले भने ।

Leave A Reply

Your email address will not be published.