सुचना, समाचार र मनोरन्जन

भिटेनको कुवेत कन्सर्ट स्थगित, पश्चिम एसिया तनावले कलाकारका टूर प्रभावित

काठमाडौं :

चर्चित हिपहप गायक भिटेनले कुवेतमा तय गरिएको आफ्नो कन्सर्ट स्थगित गरेका छन्। पश्चिम एसियामा बढ्दो युद्ध तनावका कारण आगामी मार्च २० मा हुने कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको हो।

Chaka Panja

भिटेनले सामाजिक सञ्जालमार्फत सुरक्षा अवस्था र उडान व्यवस्थामा देखिएको समस्याका कारण कन्सर्ट स्थगित गरिएको जानकारी दिए। कार्यक्रमका आयोजक नेपाल कुवेद सरोकार समाजले पनि विज्ञप्ति जारी गर्दै टूर रोकिएको पुष्टि गरेको छ।

यसैबीच, गायक कुमा सागर नेतृत्वको ब्यान्ड कुमा सागर एण्ड द ख्वापाले पनि आफ्नो अमेरिका टूर स्थगित गरेको जानकारी दिएको छ। मध्यपूर्व संकटका कारण उडान सेवा प्रभावित भएपछि टेक्सासको डलासमा हुने कन्सर्ट रोकिएको हो।

पछिल्ला दुई सातायता अमेरिका,इजरायल र इरानबीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय कार्यक्रम र टूरहरू प्रभावित हुन थालेका हुन्।
कन्सर्ट स्थगित भएपछि कलाकार र आयोजक दुवैले दर्शकसँग माफी मागेका छन्।

Leave A Reply

Your email address will not be published.