Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा-१२: सामुदायिक विद्यालयका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा
- ट्रम्पले किन दिए क्युबाविरुद्ध कारबाही गर्ने धम्की?
- पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
- पुराना दलका नेतालाई रविको सन्देशः इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ
- मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत
- काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना
- लागुऔषधसहित सात जना पक्राउ
- नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
- यी सात देशमा मात्रै पुनः श्रम स्वीकृति दिइने, कुन कुन देश हुन?
- राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल
काठमाडौँ,
आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो ।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।
त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।