सुचना, समाचार र मनोरन्जन

डब्ल्यूकेकेओ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीको ऐतिहासिक सफलता

राँची (भारत) :

भारतको झारखण्ड राज्यको राजधानी राँचीमा मिति २०२६ जनवरी ३ र ४ मा सम्पन्न डब्ल्यूकेकेओ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उच्च बनाएका छन् ।
नेपाल क्योकुशिन–सेईसिन कराँते (डब्ल्यूकेकेओ–नेपाल) अन्तर्गत सहभागी नेपाली खेलाडीहरूले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदक हात पारेका हुन् ।

उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व वर्ल्ड क्योकुशिन काइ कराँते फेडेरेसन का उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघ का अध्यक्ष एवं नेपाल शाखा प्रमुख शिहान अशोक कुमार श्रेष्ठ ले गरेका थिए । प्रतियोगितामा नेपालबाट ३२ सदस्यीय टोली सहभागी भएको थियो ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको विदाइ कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य भानुबहादुर चन्द, बोर्ड सदस्यहरू जगत सिंह धामी, हिमाल श्रेष्ठ, जगत तमटा तथा नेपाल कन्ट्याक्ट कराँते महासंघ का पदाधिकारीहरूको उपस्थितिमा शुभकामनासहित भव्य रूपमा सम्पन्न गरिएको थियो ।

नेपाली खेलाडीहरूले हासिल गरेको यस सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन कराँतेको क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक स्तरलाई थप उजागर गरेको छ । यस उपलब्धिले आगामी दिनमा नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ प्रभावकारी प्रदर्शन गर्न प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास गरिएको छ ।

यसै प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीहरूमा सन्तोष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन र छविलाल खड्का ले भूमिका निर्वाह गरेका थिए । साथै अफिसियलका रूपमा राजन तामाङ को सहभागिता रहेको थियो ।

स्वर्ण पदक जित्ने खेलाडीहरू

१. शनि सिं – ओपन वेट
२. प्रविण माझी – ६० केजी
३. भुपेन्द्र बहादुर ओली – ५५ केजी
४. निग्मल तामाङ – १३–१४ वर्ष उमेर समूह
५. मञ्जु बीके – लेडीज ओपन
६. बिन्दु चौधरी – ५५ केजी
७. मनिता राई – ५० केजी
८. अञ्जिला श्रेष्ठ – १८ वर्ष मुनि उमेर समूह

रजत पदक विजेता

१. विकाश गुरुङ – ओपन वेट
२. विष्णु थापा मगर – ६० केजी
३. निशा केसी – लेडीज ५० केजी

कास्य पदक विजेता

१. रबिन्द्र लोहार – ओपन वेट
२. अभय राउत – ५० केजी
३. अनिशा गोले – १३–१४ वर्ष उमेर समूह
४. प्रकृति लिगल – ११–१२ वर्ष उमेर समूह

Leave A Reply

Your email address will not be published.