सुचना, समाचार र मनोरन्जन

यश कुमारले ल्याए सांगीतिक सिनेमा ‘मैले तिम्रो मायामा’

काठमाडौं :

गायक तथा नायक यश कुमारले सांगीतिक सिनेमा ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरेका हुन्।

उनको नयाँ सांगीतिक सिनेमाको भिडियो सार्वजनिक कार्यक्रमका वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रुपमा साँची राखेर गीतको भिडियो रिलिज गरेका थिए। उनले विगत ३ दशक यता उनले नेपाली संगीत क्षेत्रमा यश कुमारले फरक गीत तथा संगीत मार्फत् आफुलाई स्थापित गरेको बताए।

यो गीतमा गायक यश कुमार र स्मिता प्रधानको स्वर छ। भिडियोमा समेत उनीहरुले नै अभिनय गरेका छन्। सार्वजनिक गीतको शब्द रचना, संगीत तथा भिडियो निर्देशन समेत गायक यश कुमारले नै गरेका हुन्। भिडियोमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाको समेत अभिनय रहेको छ। दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमाला हुन्।

Leave A Reply

Your email address will not be published.