सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘यो मन त मेरो नेपाली हो’ को नेपाल र भारतको छायांकन सकियो ,बाकी छायांकन अमेरिकामा

काठमाडौँ :

शिवम अधिकारीले लेखेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सकिएको छ । नेपाल र भारतको सेड्युल अनुसार छायांकन सकिएपछि अब बाँकी सिन अमेरिकामा खिचिने छ। नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा निर्माण भइरहेको फिल्म नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको निर्माण पक्षले जानकारी दिएको हो ।

नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा फिल्मको सुटिङ गरिएको थियो।
निर्देशक प्रधानका अनुसार फिल्मकी अभिनेत्री मेरो डान्स कप युएसए को फस्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडिसकेकी छन् । उनी अब अमेरिकाको छायांकनमा सहभागी हुने निर्देशक प्रधानले बताए।

Exchange and test

फिल्ममा आयुषाका अलवा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुवास भन्डारी,बिजय सुब्बा लगायतको मुख्य भुमिका रहनेछ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा विदेशिएका नेपालीको मुद्धालाई उठान गर्नेछ भने नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई बुझाउने छ। निर्देशक प्रधानले नेपाली भाषाको गौरवसंगै नेपालीको हुन् भन्ने विषयबस्तुलाई फिल्ममा उठान गर्न खोजेको समेत जानकारी दिए।

यो फिल्मलाई विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुमाझ प्रदर्शन गरिने छ। फिल्मको माध्यमबाट आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएकोमा सम्झना गराउने पक्ष रहने पनि निर्माण पक्षको विश्वास छ। फिल्ममा दीपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्धन्द्व ,समिर मिँयाको भिएफएक्स,कविराज गहतराजको कोरियोग्राफी रहने छ।

Leave A Reply

Your email address will not be published.