पोखरा,
अन्तर्राष्ट्रिय योग दिवस पोखराको रंगशालामा भव्य रूपमा मनाइएको छ । ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने नाराका साथ योग दिवस मनाईएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य लगायत हजारौं योगप्रेमीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम भारत सरकारको नेपालस्थित दूतावासको आयोजनामा सम्पन्न भएको हो। उक्त आयोजनामा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल र कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको थियो।

कार्यक्रममा सहभागीहरूले योग अभ्यास, सामूहिक योग आसन तथा स्वास्थ्यसँग सम्बन्धित सन्देशहरूमा सक्रिय सहभागिता जनाएका थिए।
पोखराको मनमोहक वातावरण, अन्नपूर्ण हिमालको काखमा बसेको रंगशालामा गरिएको सामूहिक योग अभ्यासले सहभागीहरूमा विशेष ऊर्जा र उत्साह भरेको थियो। प्रशिक्षकहरूको नेतृत्वमा योगका विभिन्न आसनहरू प्रदर्शन गरिएका थिए।
