सुचना, समाचार र मनोरन्जन

पोखरामा अन्तर्राष्ट्रियस्तरको योगा प्रशिक्षक बन्ने तालिम आयोजना हुने

पोखरा,

योग प्रशिक्षक बन्न चाहानेको लागि पोखरामा योग प्रशिक्षक तालिम आयोजना हुने भएको छ। लेकसाइडस्थित बिजी बी रिसोर्टमा यही साउन ४ गते (२० जुलाई २०२५) देखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय योगा तथा ध्यान शिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहभागिता खुला गरिएको हो। ७७ दिनसम्म सञ्चालन हुने यस विशेष आवासीय प्रशिक्षणमा योग, ध्यान सम्बन्धी गहन शैक्षिक र जीवन उपयोगी ज्ञान प्रदान गरिनेछ।

तालिमलाई ७, १७, ३७, ५७ र ७७ दिनका विभिन्न तहमा विभाजन गरिएको छ, जसमा इच्छाअनुसार सहभागी हुन सकिनेछ। सहभागीहरूले चारतारे रिसोर्टमा आवास, दिनमा तीनपटक अर्गानिक खाना, पौडी, स्टीम, साउना स्नान र आयुर्वेदिक मसाजजस्ता सेवा पाउनेछन्। प्रतिदिनको शुल्क रु ३७५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।

योग तालिमको प्रशिक्षण भारतको स्वामी विवेकानन्द योग विश्वविद्यालयबाट योगामा स्नातकोत्तर गरेकी तथा गण्डकी विश्वविद्यालयमा अध्यापन गरिरहेकी ममता अधिकारी, त्रिभुवन विश्वविद्यालयका योग स्नातकोत्तर प्रदीप क्षेत्री, ओम मेडिटेशन परिवारसँग ३० वर्षको अनुभव भएका योगी सुनील, पतञ्जली नेपालका केन्द्रिय प्रशिक्षक तथा ३५ वर्षदेखि योग साधनामा सक्रिय गुरु लवदेव, र नेतृत्व तथा माइन्डफुलनेसमा ४० वर्षको अनुभव भएका विकल शेरचन छन्।

प्रशिक्षणकी प्रमुख प्रशिक्षिका ममता अधिकारीले योगलाई केवल शारीरिक अभ्यासको रूपमा मात्र नभई आत्मचेतनालाई आध्यात्मिक रूपमा परमात्माको चेतनासँग जोड्ने विज्ञानको रूपमा बुझ्नुपर्ने बताइन्। उनले विश्वभर योग पश्चिमीकरण हुँदै व्यावसायिक रूपमा फैलिएको छ, तर योगको मूल सार भनेको आफैंलाई चिन्नु हो। योग अनुशासन हो, योग जीवन पद्धति भएको बताइन । अनुशासनात्मक जीवनशैलीले हामीलाई परमात्मासँग भेट गराउने उनको भनाई छ ।” अधिकारीका अनुसार–चञ्चल मनलाई स्थिर पार्न सक्ने शक्तिशाली उपाय योग हो। हामीले योग बुझ्न थालेपछि आफूलाई चिन्ने यात्रा सुरु हुने उनको अनुभव छ ।

कार्यक्रमका परिकल्पनाकार राजु केसीले कोरोना कालसम्म आफुले योगलाई केवल योगीहरूले भुलाउने खेल वा प्रदर्शनको विषय मात्र ठानेको तर जब जीवनको गहिरो मोडमा पुगेर आफैले सिकेपछि बास्तविक सुख र शान्ति बाहिरी आवरणमा होइन, भित्रको अनुशासित साधनामा रहेछ भन्ने बुझेको बताए ।

योगसंग जोडिएको अफ्नो अनुभव सुनाउँदै उनले सबै धर्म र दर्शनमा खोज्दै जाँदा योग र ध्यान नै जीवन परिवर्तन गर्ने मूलमन्त्र हो भन्ने बुझेको बताए खुशी प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण साधना नै योग भएको हुँदा यो विषय सानै उमेरदेखि सिक्न र सिकाउन आवस्यक रहेकाले उनले सबैलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरे।

योग प्रशिक्षण अवधिभर डा. नवल – मेमोरी पावरमा तीनपटक गिनिज वर्ल्ड रेकर्ड विजेता, डा. अमर – मानव स्वास्थ्य तथा सन्तुलित आहार विज्ञ, उत्प्रेरक राजु – २७ वर्षको अनुभव भएका अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर, गणेश – Neurologist program तथा Life coach Trainer, डा. योगी विकासानन्द – मनोक्रान्ति नेपालका संस्थापक, आचार्य राजा बाबु – वास्तुशास्त्री तथा अंकशास्त्री लगायतका अनुभवी र बहुप्रशिक्षित व्यक्तित्वहरूको सहभागिता रहनेछ।

Leave A Reply

Your email address will not be published.