Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘डि एस ए स्टार– २०’ को भव्य फिनाले: ८५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट बालबालिकाहरू सम्मानित
- तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना
- असोज १६ मा आउँदै ‘चंगुल’: पर्दामा देखिनेछ जेनजी आन्दोलन र त्यसपछिको अवस्था
- ‘जदौ हजुर’ पछि आयो ‘तिमीसँग नबोली’: कत्तिको जम्ला नीति र प्रभातको जोडी?
- लाहुरे जीवनको भित्री कथा: पेन्सनपट्टामा हराएको जेठी आमाको खोजी
- ‘बेहुली’को ट्रेलर सार्वजनिक : निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
- ताँदी नदीमा बेलीब्रिज जडान जारी
- नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस
काठमाडौँ,
राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ ।
आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक खण्डका १४ वटा पुल, रोल्पास्थित सहिद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि रु नौ अर्ब ९० करोड प्रस्ताव भएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न ५३ आयोजनाका लागि पनि रु तीन अर्ब ८१ करोड सात लाख बहुवर्षीय स्रोत सहमतिका लागि सिफरिस गरिएको छ ।
आयोगले नरदेवीस्थित आयुर्वेद चिकित्सालय (ब्लक बी), लगनखेलस्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधासहितको १०० शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लगि सुरु विनियोजन रकमको चार गुणाभन्दा बढी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिस गरेको छ ।