सुचना, समाचार र मनोरन्जन

युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा ‘भयो डामाडोल’ सार्वजनिक

काठमाडौं :

 युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक गरिएको छ। बहुविवाहलाई मान्यता दिने प्रस्तावबारे बहस चलिरहेका बेला सार्वजनिक गरिएको यस गीतमा त्यही विषयवस्तुलाई समेटिएको छ। गीतमा घरकीभन्दा बाहिरकी रमाइलो लाग्ने अवस्थाको भाव व्यक्त गरिएको छ।

प्रतिमा शर्मा चपाईको शब्द रहेको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा शिवम पोखरेलको कोरियोग्राफी तथा निर्देशन रहेको छ, जसमा रमाइलो नृत्य प्रस्तुत गरिएको छ।

भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतले अभिनय तथा नृत्य गरेका छन्। भिडियोलाई सरोज शाही र उमेश बहादुर शाहले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। श्रृङ्गारको जिम्मेवारी सरिता प्रजापतिले सम्हालेकी छन्।

तीजका लागि नाच्न मिल्ने मौलिक गीतको खडेरी रहेको वर्तमान अवस्थामा यो गीतले दर्शक स्रोतामा नयाँ आशा जगाएको छ।

Leave A Reply

Your email address will not be published.