सुचना, समाचार र मनोरन्जन

युवराज र अनुष्काको ‘सिरफूले माया’मा विजय र अञ्जलीको रोमान्स

काठमाडौंँ :

लोकप्रिय गायक युवराज चौलागार्इंको नयाँ गीत ‘सिरफूले माया’ सार्वजनिक भएको छ। लोक आधुनिक शैलीमा तयार गीतले प्रेमकथा ब्यक्त गर्छ।

Chaka Panja

राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा युवराजलाई गायिका अनुष्का पाठकले स्वरमा साथ दिएकी छन् । गीतको एरेन्ज कमल सौरागले गरेका हुन्।सान थापा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिल थापा र अनुष्काले अभिनय छ । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । बुद्ध थापाको छायांकन, विवेक सुनुवारको सम्पादन रहेको भिडियोको कलर सुप्रिम पराजुलीले गरेका हुन् ।

लोक र आधुनिक शैलीमा आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए । चौलागाईं आधुनिक र फिल्मको पाश्र्व गायनबाट बढी चिनिएका गायक हुन् । ‘सिरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उनको बिस्वस रहेको छ।  उनकै युट्युव च्यानलबाट गीत सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको भएकोले सबैले मनपराउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.