सुचना, समाचार र मनोरन्जन

बलिउडका कलाकारहरुको एआई–निर्मित भिडियोहरू हटाइयो युट्युबबाट

काठमाडौं :

पछिल्ला दिनमा युट्युबबाट धेरै एआई प्रविधिबाट तयार पारिएका बलिउड भिडियोहरू युटुबबाट हटाइएका छन्ज । प्रसिद्ध कलाकारहरूको अनुहार र आवाज प्रयोग गरी फेक र भ्रामक दृश्यहरू प्रस्तुत हुन थालेपछि एआईका भिडियोहरु हटाउन थालिएको हो।

भिडियोहरूमा केही बलिउड स्टारहरूको अनुहारलाई कृत्रिम रूपमा पुनःनिर्माण गरी असत्य, भ्रामक र विवादास्पद सामग्री बनाइएका थिए। तीमध्ये केही भिडियोहरूले करोडौँ पटक हेरिएको रिपोर्ट छ।

द टाइम्स अफ इन्डियामा छापिएको समाचार अनुसार युट्युबको यो कदम डिजिटल अधिकार र मिथ्या सामग्रीविरुद्धको संघर्षलाई पुनःस्थापित गर्ने निर्णायक पहल हो।

गुगलका प्रवक्ताले यस बारेमा आफ्नो भनाई समेत राखेका छन्। उनले भनेका छन्,‘हामी एआई प्रयोगमार्फत तयार गरिएका र वास्तविक व्यक्ति वा संस्थाको छविलाई गलत रूपमा प्रस्तुत गर्ने सबै सामग्री हटाउने कार्यलाई अझ कडा बनाउँदैछौं।’

यो घटनापछि बलिउडका निर्माता, कलाकार र सम्बन्धित संस्थाहरूले एआई प्रविधिबाट बनाइने सामग्रीमा कानूनी नियन्त्रण र कडा नीति आवश्यक रहेको माग गरेका छन्।
उनीहरूका अनुसार, कलाकारको अनुहार, आवाज वा छवि बिना अनुमति प्रयोग हुनु व्यक्तिगत गोपनीयता र सिर्जनात्मक अधिकारमाथिको उल्लंघन हो।

विश्लेषकहरूका भनाइमा, युट्युबको यो कदमले भविष्यमा एआई प्रयोगमा पारदर्शिता, जिम्मेवारी र सामग्रीको विश्वसनीयता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। एआईको प्रयोगबाट तयार पारिएका नेपाली सेलिब्रेटी तथा राजनीतिक दलका शिर्ष नेताहरुको प्रशस्त सामाजिक सञ्जालमा भेटिन्छन्। यसबारेमा भने नेपालका तर्फबाट कुरा चलेको छैन।

Leave A Reply

Your email address will not be published.