सुचना, समाचार र मनोरन्जन

‘जेरीः अन टप’मा भुवन केसीको दमदार उपस्थिती, पुत्र अनमोलसँग पहिलो पटक डान्सिङ नम्बरमा

काठमाडौं :

असोज ३१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जेरीः अन टप’को तेस्रो गीत ‘आमैले भन्थे’ सार्वजनिक भएको छ, जहाँ भुवन केसीको विशेष उपस्थितीले दर्शकको ध्यान खिचेको छ।

फिल्ममा मुख्य भूमिकामा रहेका भुवन केसी यस पटक आफ्ना छोरा अनमोल केसीसँगै डान्सिङ नम्बरमा देखिएका छन्। ‘आमैले भन्थे’ बोलको गीतमा दुबै पितापुत्रले एकैसाथ नृत्य गरेको दृश्यले दर्शकमाझ उत्साह जगाएको छ।

यो गीतमा भुवन र अनमोलसँगै आँचल शर्मा, केदार प्रसाद घिमिरे र उषा खडगी पनि देखिन्छन्। आकर्षक सेट, रङ्गीन दृश्य र उत्साहपूर्ण कोरियोग्राफीले गीतलाई झन् आकर्षक बनाएको छ। एक सातामा दर्शकले यो फिल्मको गीतलाई ७ लाख भन्दा बढि पटक हेरेका छन् भने १८ सय कमेन्ट गरेका छन्। अधिकांश कमेन्ट सकरात्मक प्रतिक्रिया पाएको छ।

दर्शकले डिस लाइक हानेका छैनन् भने लाइकमा २२ हजारले लाइक गरेका छन्। त्यस कारण यो गीतलाई दर्शकले अत्यधिक मन पराएको बुझिन्छ।

फिल्मले भुवन र अनमोलबीचको सम्बन्धलाई भावनात्मक र कलात्मक रूपमा प्रस्तुत गर्ने बताइएको छ। टिजर र गीतले पाएको उत्साहजनक प्रतिक्रियाबाट ‘जेरीः अन टप’ यस दसैंको सबैभन्दा प्रतिक्षित पारिवारिक मनोरञ्जन फिल्म बन्ने अपेक्षा गरिएको छ।

गीतमा विराज गौतम, राजेश पायल राई र अनु ढकालको स्वर, शब्द तथा संगीत व्रिजेश श्रेष्ठ र विराज गौतमका रहेका छन्। भिडियोमा भुवन केसीको करिश्मा र उपस्थिति पूर्वजस्तै प्रभावशाली देखिएको छ।

भुवन र अनमोलबीचको सहअभिनयलाई दर्शकले पहिले नै फिल्मको टिजरबाट प्रशंसा गरेका थिए। अब गीत सार्वजनिक भएपछि पितापुत्रको स्क्रिन केमिष्ट्री र ऊर्जाले चर्चा थपेको छ।

फिल्मका निर्देशक सुयोग गुरुङ हुन्। फिल्ममा विश्वास तिम्सिनाको पटकथा, किरण थापाको कोरियोग्राफी, र निमेष श्रेष्ठको सम्पादन रहेको छ।
फिल्ममा जसिता गुरुङ, निर्मल शर्मा, केदार प्रसाद घिमिरेलगायत कलाकारहरूको पनि अभिनय छ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा भविष्य खड्का, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपानेको लगानी छ भने अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता हुन्।

Leave A Reply

Your email address will not be published.