सुचना, समाचार र मनोरन्जन

युट्युब सर्भर डाउन हुँदा प्रयोगकर्ता प्रभावित

काठमाडौँ,

यदि तपाईं मोबाइल वा कम्प्युटरमा युट्युब चलिरहेको छैन भने नआत्तिनु, यो समस्या तपाईंको इन्टरनेटको होइन । अहिले विश्वभरका लाखौँ प्रयोगकर्ताले युट्युब डाउन भएको समस्या भोगिरहेका छन् । विशेषगरी युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या देखिएको छ ।

डाउनडिटेक्टरका अनुसार छोटो समयमै ३ लाखभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको रिपोर्ट गरेका छन् । यो समस्या एक्कासि सुरु भएर व्यापक रूपमा फैलिएको हो । सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो पोखिरहेका छन् । गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको छ ।

परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो (Shorts) र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरू काम गरिरहेका छैनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको छ ।

यद्यपि, युट्युब म्युजिक र युट्युब टिभीमा भने खासै ठूलो अवरोध देखिएको छैन । रोचक कुरा के छ भने, वेबसाइटमा भिडियोको प्रत्यक्ष लिंक वा अन्य साइटमा राखिएका इम्बेड गरिएका भिडियो भने चलिरहेको पाइएको छ ।

Leave A Reply

Your email address will not be published.