Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई, कोरियामा नेपालको प्रतिनिधित्व गर्ने
- आँधी बनेर छायो ‘बेहुली’को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा
- विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह
- बाढीबाट प्रभावितलाई नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
- बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
- मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
- बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?
- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
- कांग्रेसद्वारा उद्धार कोषमा एक करोड आर्थिक सहयोग
- बाढीपहिरो पीडितका लागि बैदाम तामाङ सेवा समाजको दुई लाख १८ हजार सहयोग
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
काठमाडौँ,
नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।