सुचना, समाचार र मनोरन्जन

बिहीबार ‘एनटिइके–जेड’ समूहले माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ,

काठमाडौँको माइतीघरमा बिहीबार जेनजीको एउटा समूह ‘एनटिइके–जेड’ समूहले प्रदर्शन आयोजना गरेका छन् । जेड टिमका संयोजक सुरेन्द्र घर्तीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रदर्शनको अनुमति मागेका छन् ।

जेड समूहले शान्तिपूर्ण प्रदर्शनबारे जानकारी गराएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । उनले भने– ‘निषेधित क्षेत्र बाहेकको ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न हामीले रोकेका छैनौँ ।’

प्रदर्शनमा घुसपैठ हुनसक्ने विश्लेषणसहित काठमाडौँ प्रहरीले थप मद्दत मागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजनासहित थप मद्दत मागेको हो । सुरक्षा विश्लेषणसहित माइतीघरमा आवश्यक प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने– ‘काठमाडौँ परिसरलाई आवश्यक जनशक्ति उपलब्ध गराउँछौँ ।’

सुरेन्द्र घर्ती नेतृत्वको एनटिइके–जेड टिम समूहले भोलि बिहान १० देखी ३ बजेसम्म प्रदर्शन गर्ने भएका हुन् । प्रदर्शन शान्तिपूर्ण हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.