सुचना, समाचार र मनोरन्जन
IVF New Banner

क्राइम, थ्रिलरमा बन्ने ‘११ः५५’ निर्माण घोषणा

काठमाडौँ  :

सृष्टी श्रेष्ठको मुख्य भुमिका रहने फिल्म ‘११ः५५’ घोषणा गरिएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोगना गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो।
केशब पाण्डेको कथा र निर्देशन रहने फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताईएको छ ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन्। पत्रकार सम्मेलनमा फिल्म निर्माण गर्नुका लागि लामो समय लागेको निर्देशक पाण्डेले बताए। उनका अनुसार यो फिल्मका लागि विगत एक दशकदेखि फिल्मलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेको तर्क गरेका छन्।
‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो फिल्ममा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’
निर्देशक पाण्डेको फिल्म सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने,‘हामी प्रवासमा एक साँझ भेटिदा चलचित्र सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक चलचित्र बन्ने छ ।’
अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो चलचित्रमार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि फिल्म प्रतिको अध्ययन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

Safal
IVF Post

यहि फिल्मबाट अभिनेताकारुपमा डेब्यु गर्न लागेका सागर खनालले फिल्म सम्बन्धी गरेको अध्ययनलाई आफुले अभिनयमा प्रयोग गर्ने बताए। उनले अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने भनाई राखे।
‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।
फिल्ममा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

फिल्म ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति फिल्ममा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको चलचित्रको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.