सुचना, समाचार र मनोरन्जन

२२ वर्षपछि तीजको गीत मार्फत गायनमा पुन: फर्किंइन गायिका संगीता भण्डारी

काठमाडौं :

हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब ५ हप्ता महिना बाँकी रहदा गत वर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक सुरु भइसकेको छ। तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक भटाभट भैसकेको छ।

यसै क्रममा लोकप्रिय गीतकार डी पी खनालको शब्द ,चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ संगीतमा गायिका संगीता भण्डारी २२ वर्षपछि तीजको गीत मार्फत पुनस् नेपाली सांगीतिक क्षेत्रमा फर्किएकी छिन। गायिका संगीता भण्डारीको सुमधुर स्वरमा रहेको मौलिक तीज गीत ‘रानीहार ’ को शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतलाई बिषम आचार्यले एरेन्ज गरेका हुन्।

तीज मनाउन सुनको गरगहना नभए पनि खुसी र आनन्दित हुदै मनाउ भन्ने बलियो र सकारात्मक सन्देश बोकेको तीज गीत ‘रानीहार’को म्युजिक भिडियोमा यशु भट्टराई ,मिलसा वाग्ले र गायिका भण्डारीको नृत्य एब अभिनय रहेको छ। बिशाल थापाको छायांकन,दीपक बिष्टको सम्पादन रहेको भिडियोको श्याम पटेलको सहायक कोरियोग्राफी रहेको छ। भिडियोको निर्देशन एवम् कोरियोग्राफी सफल भिडियो निर्देशक केशब राज भट्टले गरेका हुन्। भिडियोलाई डश म्युजिक नेपालकोअफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा गायिका संगीता भण्डारीले काम गर्न कहिले ढिला हुँदैन या उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि गाउन,नाच्न, र आफ्नो प्रतिभा देखाउन सकिन्छ भन्ने बलियो र सकारात्मक सन्देश सहित आफु पुन गायनमा फर्किएको बताइन्।

Leave A Reply

Your email address will not be published.