काठमाडौं :
फिल्म ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् । उनलाई निर्देशक दीपक वलीले फिल्मका लागि प्रस्ताव गरेका हुन। अब यस फिल्मका लागि लिखित सम्झौता भने हुन बाँकी रहेको छ।
अनुबन्धित भएकी नीति शाहले फिल्म छाडेपछि निर्माण टिमले आनालाई फिल्मका लागि प्रस्ताव राखेका हुन्। उस अघि यो फिल्मका लागि अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यासँग पनि कुराकानी भएको थियो।
आनाले अब यो फिल्ममा प्रदीप खड्काको अपोजिटमा अभिनय गर्नेछिन् । यसबाहेक फिल्ममा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन् ।