सुचना, समाचार र मनोरन्जन

पोखरामा आँखा पाक्ने रोग बढ्दै, सतर्क हुन चिकित्सकको आग्रह

सन्तोष बस्याल,पोखरा ।

पोखरामा आँखा पाक्ने रोग बढ्दैछ । सतर्क हुन चिकित्सकको आग्रह छ । आँखा पाक्ने समस्यालाई चिकित्सकीय भाषामा ूएडिनो भाइरल कन्जंग्टिवाइटिसू भनिन्छ । दैनिक ७५० बिरामी जांच गर्दै आएको हिमालयन आँखा अस्पतालले आँखा पाक्ने समस्या आएपछी अहिले दैनिक १३ सय विरामीको उपचार गरिरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्रा।डा।इलिया श्रेष्ठले जानकारी गराइन ।

सोमबार अस्पतालमा आयोजना गरिएको जनचेतना मुलक कार्यक्रम एवम पत्रकार सम्मेलनमा उनले यो हप्ता मात्रै १५ सय विरामी आँखा पाक्ने समस्या लिएर अस्पताल आएको बताइन । जसमा ९ सय बालबालिका मात्रै छन । उनका अनुसार बालबालिकामा आँखा पाक्ने समस्या बढी देखिएको छ । बच्चाहरुले हात नधोइकन आँखामा छुने भएकाले पनि आँखा पाक्ने समस्या बच्चामा बढी देखिएको तर्क उनको छ ।

पहिले भन्दा अहिले धेरैमा आँखा पाक्ने समस्या देखिएको उनले बताइन । ूपहिले भन्दा अहिले धेरैमा आँखा पाक्ने समस्या देखिएको छ । हस्पिटलमा पनि दिनप्रति दिन बिरामी बढ्दै गएका छन ।

आँखा पाक्ने समस्याबाट बच्न के गर्ने?

आँखा पाक्ने समस्याबाट बच्ने उपाय भनेकै स्वस्थ रहनु हो । हात राम्रो सङ्ग साबुन पानीले पखालेर मात्र आँखामा छुनुपर्छ । डा।श्रेष्ठका अनुसार आँखा पाक्ने समस्या भएका बिरामी घरमा आइसुलेसन बस्दा राम्रो हुन्छ । परिवारका अन्य सदस्यमा यो रोग नसार्न आइसुलेसनमा बस्नुपर्ने सुझाव उनको छ । एकले अर्काको औषधि प्रयोग नगर्दा पनि यो समस्याको समाधान गर्न सकिन्छ ।

उनले अहिले पोखरामा पनि बच्चामा आँखा पाक्ने समस्या बढी देखिएकाले एकहप्ता विद्यालय नै बन्द गर्नुपर्ने सुझाव दिइएकी छन । दाङ, भरतपुर र जनकपुरमा यहि समस्याका कारण विद्यालय बन्द छन ।

डा। श्रेष्ठले आँखा रातो हुने, बिजाउने र दुख्ने समस्या भयो भने चिकित्सकको परामर्श लिनुपर्ने बताएकी छन । उनका अनुसार सापु र आँखा पाक्ने रोग फरक हो । सापु सेतो पुतलीका कारण हुन्छ । उनले अहिले सापु रोगको पनि समय भएको उल्लेख गरिन । हिमालय आँखा अस्पतालमा सापु रोगका बिरामी पनि आउने गरेको भनाइ उनको छ ।

उनले सापु निको हुन समय लाग्ने तर आँखा पाक्ने रोग निको हुन बिरामीले स्वस्थकरमा ख्याल गरे सहज हुने उल्लेख गरिन । सापुले आँखा सुकाउने डा।एलिया बताउछिन । त्यसैले सापु रोगका लागि उपचार तुरुन्त गर्नुपर्ने भनाइ उनको छ ।

हिमालयन आँखा अस्पतालको क्षमता दैनिक ८ सय जनाको हो । तर आँखा पाक्ने समस्या आएपछी बिरामी दैनिक १५ सय पुग्ने गरेको श्रेष्ठको भनाइ छ । आँखा पाक्ने समस्या भएमा हिमालय आँखा अस्पताल नै आउनु पर्छ भन्ने छैन जिल्ला जिल्लामा रहेको आँखा उपचार केन्द्र वा अस्पताल बाट पनि सेवा लिन सकिने उनले बताइन । आँखा नजचाइकन औसधि नलिन पनि आग्रह गरेकी छिन ।

Leave A Reply

Your email address will not be published.