पोखरा ।
पोखरामा सुजकी जिम्नी र फ्रोन्क्स गाडी सार्वजनिक गरिएको छ । नेपालमा लामो समय देखि प्रतिक्षारत दुई नयाँ एसयूभीहरु सोमबार एक समारोहका बीच बतास ब्रदर्श प्रालिका प्रमुख संचालन अधिकृत (सिओओ) राजेश रानाभाटले सार्वजनिक गरेका हुन् ।
पाँच ढोके सुजुकी जिम्नी नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमै सबैभन्दा प्रतिक्षित एसयूभीमध्ये एक भएको बताइएको छ । उक्त मोडल विश्वभर नै रुचाइएको र सोहि अनुरुप माग बढ्दै गएको उल्लेख गरिएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी—ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।
सुजुकी जिम्नी एसयूभीमा एक समर्पित उन्नत 4WD प्रणाली, ALL GRIP PRO सँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेशियल र 3 Link Rigid Axle Suspension जता अफ रोड सुविधाहरु समावेश छ । सुजुकी जिम्नी अफ रोडका लागि उत्तम भएको उल्लेख गरिएको छ । जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनि स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरु समावेश छ ।
त्यस्तै, सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल प्रिमियम मिश्रित एसयूभी भएको रानाभाटले बताए । उनका अनुसार ‘द फेस अफु न्यू एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ । फ्रोन्क्स गाडीको विशेषता भनेकै अत्याधुनिक प्रविधियुत्त, आरामदायी र सुरक्षित अनुभुति दिलाउनु हो । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्सले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास बतासको छ ।
सार्वजनिक दुवै सवारी सुजुकीको एसयूभी सेगमेन्टको उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्यका सात बतास अगाडि बढेको छ । देशको भौगोलिक अवस्थाका कारण नेपालमा एसयूभी सवारीको माग बढीरहेको बतासका सेल्स म्यानेजर नवराज अधिकारीले जानकारी गराए । उनका अनुसार ग्राहकहरुले पनि आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेका छन् । दुवै सवारीको टेस्ट ड्राइभ समेत शोरुमबाट नै भएको जानकारी गराइएको छ । फ्रोन्क्सको मुल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जिम्नीको ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।