पोखरा /
सामाजिक कार्यमा अग्रसर रहेको दारी ग्याङ पोखराको ७६औं विशेष भेला शनिबार सम्पन्न भएको छ ।
भेलाबाट संयोजकमा बसन्त मिश्र चयन भएका छन् । यस अघिका संयोजक अभिमन्यु पाण्डे केन्द्रको सहसचिव भएपछि विशेष भेला मार्फत आफ्नो पद हस्तान्तरण गरेका हुन् ।
त्यस्तै भेलाले सह संयोजकमा उज्ज्वल भुजेल चयन गरेको छ । दारि ग्याङ सामाजिक काममा अग्र पंक्तिमा रहँदै विभिन्न अभियान चलाउदै आएको संस्था हो ।
दारी ग्याङ पोखराले विद्यालयमा सेतोपाटी वितरण कार्यलाई शुरुवात गरेको थियो । हाल यो अभियानका कारण देशै भरिका विद्यालयमा सेतोपाटी रहेको छ । दारी ग्याङले फेवा ताल सरसफाइ अन्तरगत जलकुम्भी झार फाल्ने अभियानको समेत शुरुवात गरेको थियो र महानगरलाई निरन्तर खबरदारी गर्दै आएको छ ।
यसका साथै दारी ग्याङ पोखराले विभिन्न सचेतनाका कार्यक्रम, असल र सवल पोखरा बनाउन विभिन्न अभियान सञ्चालन गरेको अभिमन्यु पाण्डेले जानकारी दिए । उनका अनुसार आउदो साउनको अन्तिम सोमबार केदारेश्वर मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना समेत गर्नेछ।