सुचना, समाचार र मनोरन्जन
Sarangi

आज मिति २०८० साल साउन २९ गते, सोमवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/

२०८० साउन २९ गते, सोमवार, १४ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष त्रयोदशी तिथि, १०ः२२ बजेपछि चतुर्दशी। पुनर्वशु नक्षत्र, १२ः१३ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ५ः४१ बजेपछि कर्कट। उपप्रा।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया रोकिन सक्छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

तपाईको दिन शुभ रहोस…….

Leave A Reply

Your email address will not be published.