काठमाडौँ/
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको प्रथम स्मृति दिवसमा काठमाडौंदेखि र काशीसम्मको यात्रा गरिने भएको छ ।
गत भदौ ४ मा निधन भएका गिरीको स्मृतिमा ‘लोक एवम् सेतु गाथा’ अन्तर्गत काठमाडौं देखि काशीसम्मको यात्रा गर्न लागिएको हो । भदौ २ गते पशुपतिनाथबाट यात्रा प्रारम्भ हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं–काशी यात्राको उद्धघाटन र विदाई गर्ने भएका छन् ।
भदौ ४ गते भारतको वाराणसीमा विशेष कार्यक्रम गरिने भएको छ । स्मृति कार्यक्रममा कांग्रेस आईका उच्च तहका नेता सहभागी हुने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । यात्राका लागि २५ देखि ३० जनाको टोली सहभागी हुने भएको छ ।
यात्राको क्रममा हेटौंडा, वीरगञ्जमा समेत श्रद्धाञ्जली कार्यक्रममा राखिएको छ । यात्राको क्रममा प्रदीप गिरीको जीवनको उल्लेखनीय पक्ष र चीरस्थायी विरासतमा केन्द्रीत रहेर चर्चा गरिने कार्यक्रमका अगुवा कञ्चन झाले जानकारी दिए ।
नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनमा गिरीको योगदान रहेकाले दुई देश स्मृति कार्यक्रम राखिएको झाले बताए । पशुपति देखि काशीसम्मका कार्यक्रममा गिरीको अस्तुमाथि श्रद्धाञ्जली व्यक्त गरिने भएको छ ।