सुचना, समाचार र मनोरन्जन

दीपकले दीपालाई समर्पण गरेको कविताको चर्चा

काठमाडौं :

अभिनेता तथा निर्माता दीपक राज गिरीले निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा शुभकामना दिँदै लेखेको कविताले चर्चा पाएको छ। कवितामा दीपकले दीपालाई आफ्नो जीवनको उत्कृष्ट साथी रहेको उल्लेख गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गरेका हुन्।
दीपकको कवितामा दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव सहितका कुरा साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको उल्लेख गरेका छन्।
उनले दीपाश्रीका लागि लेखेको कविता यस प्रकार छ–

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!

बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !

आज भन्दा कÞरीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ ‘

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै बिषय अनुमान गर्छौ ‘ ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यहि केटी हो

जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!

Pach Pandav

जÞिन्दगीको खेलमा आफू हार्छे

तर अरूलाइ जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाइ त

सिर्फÞ एक शब्दमा बुनेको छू ,

चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !

कमजोरी पनि भनिदिन्छू ‘.

यॉहा हरेकको हातमा क्यालकुलेटर छ

कॉहा फाइदा , कॉहा बेफाइदा ,

कॉहा जÞोर छ ,कॉहा बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ‘.

मेरो जÞिन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना‘‘

Leave A Reply

Your email address will not be published.