सुचना, समाचार र मनोरन्जन
Sarangi

त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारे

काठमाडौँ/

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमवार भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेका शुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरूमाथि धरपकड गरेको उनीहरूको भनाइ छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिलेसम्म छ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । प्रहरीले अहिले विमानस्थल भन्सारका अरू कर्मचारीसँग पनि बयान लिइरहेको छ ।

Leave A Reply

Your email address will not be published.