सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

भुवनेश्वर/

ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन ।

IVF Big

६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।

बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो । घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।

घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.