सुचना, समाचार र मनोरन्जन

काठमाडौँका ४ वटा सडकमा एकतर्फी नियम लागू

काठमाडौँ/

काठमाडौँका ४ वटा सडकमा आजबाट एकतर्फी सवारी चल्न दिने निर्णय गरिएको छ । काठमाडौँ महानगरपालिका स्थित दरबारमार्गमा रहेको महेन्द्र्र शालिकाबाट कृष्ण पाउरोटी निस्किने सडक, त्रिपुरेश्वरबाट ललितपुरको गुर्सिङ्गालतर्फ जाने र आउने चारवटा बाटो ‘वान वे’ एकतर्फी कायम गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

दरबारमार्गस्थित महेन्द्र्र शालिकबाट सवारी–साधन कृष्ण पाउरोटी मोडतर्फ जान पाउँछन् । तर, कृष्ण पाउरोटी मोडबाट महेन्द्र्र शालिकतर्फ आउन रोक लगाइएको छ । कमलादी मोड र घण्टाघर बीचको सडकमा कमलादीबाट घण्टाघरतर्फ सवारी साधान आउन पाउँछन् । तर, घण्टघरबाट कमलादीतर्फ चल्न नदिनेगरी एकतर्फ गरिएको एसएसपी भट्टले जानकारी दिए ।

त्रिपुरेश्वरचोकस्थित राहदानी विभाग नजिकै विश्वनिकेतन स्कुलबाट गुर्सिङ्गगल ९सेतोपुल० तिर सवारी जान पाउँछन् । तर, तर गुर्सिङ्गगलबाट राहदानी विभागतर्फको मुल सडकमा निस्कन नपाउने नियम लागू गरिएको छ । एसएसपी भट्ट भन्छन्– ‘गुर्सिङ्गगलबाट त्रिपुरेश्वरको मुल सडकमा आउन चाहने सवारी नयाँ पुल हुँदै टेकु नजिँकै रहेको यामाहा सोरुममा निस्कनुपर्छ ।’

सडक साँघुरो भएको हुनाले जाम व्यवस्थापन गर्न एकतर्फी नियम लागु गरिएको एसएसपी भट्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.