सुचना, समाचार र मनोरन्जन

दसैंको छेको पारेर विष्णु मुरीले ल्याए पूर्वेली लोकगीत ‘गहको आँसु’

काठमाडौं :

गीतकार विष्णु मुरीले दसैंको छेको पारेर पूर्वेली लोक गीत ‘गहको आँसु’ स्रोतामाझ लिएर आएका छन् । बुधबार उनले आफ्नै युटुबमार्फत लिरिलकल भिडियो सार्वजनिक गरेका हुन्।

Chaka Panja

उदयपुरको कटारी १४ लेखानी स्थित बालविकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक समेत रहेका मुरी लोकगीतमा कलम चलाउदै आएका छन्। सार्वजनिक गीतमा गायक तथा संगीतकार प्रियजन राईको संगीत र स्वर रहेको छ। गायक प्रियजनले यस अघि थुप्रै पुर्वेली गीतमा संगीत तथा स्वर भरेका छन्। उनको आवाजमा पछिल्लो समय गीत ‘गहको आँसु’ स्रोतामाझ आएको हो। यो गीत मारुनी विटमा तयार पारिएको छ ।

मनोज साङसन राईको एरेन्ज रहेको गीतलाई विष्णु मुरी अफिसयल यूट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतकार मुरीले यसअघि आधुनिक गीतहरु ‘तक्दिरै खोटो’, ‘आँसु बर्बरी’, ‘एउटै सिरानी’ लगायत स्रोतामाझ ल्याइसकेका छन्।

Leave A Reply

Your email address will not be published.