काठमाडौं :
युवापुस्तामाझ लोकप्रिय बनेका संगीतकार दीपक शर्मा सम्मानित भएका छन्। स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मुल नाराका साथ स्थापित पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा शर्मालाई वर्ष संगीतकारबाट सम्मानित गरिएको हो।
राजधानीको बालुवाटार स्थित नेपाल हाउसमा आयोजत कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा शर्मालाई ‘वर्ष संगीतकार’ बाट सम्मानित गरिएको थियो । सम्मानित भएपछि शर्माले वर्ष संगीतकारबाट सम्मानि हुँदा आफु निकै हर्षित भएको बताउ। उनले परिचयसँगको कुराकानीमा भने,‘मैले पाएको सफलतामा पाक्षिक पत्रिका म्युजिक खबरको यो वर्ष वर्ष संगीतकारबाट सम्मानित हुँदा असाध्यै खुशी लागेको छ।’ उनले सम्मानित हुँदा सबैलाई धन्यवाद समेत दिएका छन्।
त्यसैगरि ,वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरेको छ । समारोहमा गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायकको सम्मान अर्पण गरिएको थियो । त्यस्तै गायिका शान्तिश्री परियारले उत्कृष्ट वर्ष गायिकाको सम्मान प्रदान गरियो।
म्यूजिक खबर कला सम्मानबाट वरिष्ठ म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट, लोकप्रिय मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई सम्मान गरिएको थियो ।
ब्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष वरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा वरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सबिता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।