सुचना, समाचार र मनोरन्जन

गीता र सुवासको स्वरमा ‘दशैं आयो तिहारै आयो’

काठमाडौँ :

गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको गीत ‘दशैं आयो तिहारै आयो ’ को भिडियो सार्वजनिक भएको छ। रमेश दहालका शब्द ,राजेन्द्र बजगाईको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको गीत रिलिज भएको हो।

Chaka Panja

पुजा ठकुरीले निर्देशन गरेको दशैं तिहार लक्षित गीतमा युवाहरुको खुशीको अवस्थालाई कलात्मक शैलीमा भिडियोमा देखाएको छ। राम केसीको छायांकन,विनोद बमको सम्पादन रहेको गीतको भिडियोमा कोरियोग्राफ अनिल राईको छ।

भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ। गीत रिलिजपछि गायिका पाण्डे भन्छिन्,‘दशैँ–तिहारको शुभकामना सहित यो दशैँ–तिहार गीत केवल स्रोताहरुलाई समर्पण गर्दैछौ । जीवनमा म आफै पनि पहिलो पटक स्क्रिनमा देखिएकी छु । मेरो रहर सम्झेर मलाई हौसला दिनुहोला साथै, मैले गाएकी यस गीतमा आफ्नो मिहिनेत, समय, स्रोत र साधन समेत खर्च गर्नुभएकोमा सम्पूर्ण स्रष्टा लगायत प्राविधिक मित्रहरु सबैलाई धन्यवाद ।’

Leave A Reply

Your email address will not be published.