सुचना, समाचार र मनोरन्जन
Sarangi

आनन्द कार्कीको दसैंको कोशेली ‘कर र करार ’

काठमाडौं :

सदावहार गायक आनन्द कार्कीको स्वरमा गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा ‘कर र करार ’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँको लबिम मलमा आयोजित कार्यक्रमकाबीच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो।

देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको कार्यक्रममा अत्यन्त राम्रो प्रतिक्रिया आएको थियो। गीतको अडियोतर्फ निरज श्रेष्ठका संगीत संयोजन , भोला पौडेलको मिक्सिङ मास्टरिङ रहेको छ भने भिडियोतर्फ गायक स्वयम आनन्द कार्की, उषा उप्रेती, बिशाल बिष्ट, सोनिया राई ,सरस्वती तामाङको अभिनय , माही सिंहको श्रृङ्गार , रोमा लामाको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन गरेका हुन्।

भिडियोमा उषा मलाहा ‘सिमरन’को सहायक निर्देशन तथा राज कुमारको सम्पादन र निर्देशन रहेको छ । नृत्य र कथावस्तुलार्ई समेत ध्यानमा राखेर बनाईएको गीतको भिडियो आनन्द कार्की अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.