सुचना, समाचार र मनोरन्जन

‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘मेरो शिव’ सार्वजनिक

काठमाडौं :

आक्रमक रुपमा अग्रीम टिकट बुकिङ भैरहेको शनिबार कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ’पशुपति प्रसाद २ : भष्मे डन’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न सकिन्छ ।

सार्वजनिक मर्मस्पर्शी गीतमा किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द रचना तथा शान्तिम कोइराला र ¥यापर युनिक पोइटको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

Pach Pandav

बहुप्रतिक्षित सिनेमा सिनेमामा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.