सुचना, समाचार र मनोरन्जन

‘परदेशी २’को मार्मिक गीत ‘न भुल्नु ए साथी’ रिलिज

काठमाडौं :

गत असोज २६ गतेबाट प्रदर्शनरत फिल्म ‘परदेशी २’को मार्मिक गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार फिल्मको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द रहेको छ ।

Pach Pandav

गीतको भिडियोमा केकी अधिकारी, प्रकाश सपुत,देबेन्द्र बब्लु लगायत फिचर्ड छन् । परिच्छेद सेनको कोरियोग्राफी रहेको गीतको भिडियोमा परदेश जान लागेको साथीलाई नभुल्न आग्रह गरिएको छ। गीतले दर्शकलाई भावुक बनाउँछ। फिल्ममा प्रकाश,केकीका अलवा दिलीप रायमाझी, प्रशान्त तामाङ,वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ।

फिल्ममा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ । यस फिल्मका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन्।

Leave A Reply

Your email address will not be published.