सुचना, समाचार र मनोरन्जन

‘दिमाग खराब’को ‘हितैको माया’लाई एक सातामा २ लाख २५ हजार भ्युअर्स

काठमाडौं :

निश्चल बस्नेत निर्देशित प्रतिक्षित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ रिलिज भएको एक साता भएको छ। युटुबमा रिलिज भएको यो गीतलाई एकसातामा २ लाख २५ हजार भन्दा बढिले हेरेका छन्। यो समाचार तयार पार्दासम्म २ सय ५ जनाले कमेन्टमा प्रतिक्रिया दिएका छन्। जयन जे सुब्बाको शब्द रचना तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र इन्दकला राईको स्वर सुन्न सकिन्छ।

फिल्ममा अब्बल कलाकार छन्। तर, पनि दर्शकले उनीहरुप्रति युटुबमा वास्ता गरेको देखिदैन। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई अभिनय गराइएको छ। गीतको अडियो र भिडियो सशक्त भएता पनि दर्शकले हेर्नमा रुची देखाएका छैनन्। भिडियोमा चप्पल विनाका खगेन्द्रलाई बोकेर हिँडेका दयाहाङको मित्रताको दृश्यले मन छुन्छ ।
यहि कात्तिक २४ गतेबाट हलमा प्रदर्शन हुने फिल्ममा एमएसएम इन्टरटेनमेन्टले विश्वभर रिलिजको जिम्मेवारी लिएको छ।

Pach Pandav

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउने फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्।

सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्मलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.