काठमाडौँ/
देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ ।
प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र बुटवलमा सम्मेलन राखिएको छ ।