सुचना, समाचार र मनोरन्जन

अमेरिकामा बस्दै आएका गोपाल नेपाल ‘फिस्टे’ले पनि फिल्म बनाउने

काठमाडौं :

हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। एक दशक अघि टेलिफिल्म ‘जीरे खुर्सानी’मा ट्राफिक हवल्दार बनेर ‘नियम कडा छ’थेँगोका कारण चर्चामा आएका उनले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन्।

Protin

अमेरिकन बासी समेत रहेका नेपाल फिल्म बनाउने सोचमा पुगेका हुन्। उनी निकटका अनुसार उनी अमेरिकामा गाडी चालक हुन्। अमेरिका पुगेपछि उनी ८ वर्षदेखि १८ चक्के मालवाहक गाडी चलाउदै आएका छन्।

कलाकारिताबाट ओझेल परेका नेपालले ज्योतिषलाई हेराएर फिल्म को शुभ साइत २०८१ सालपछि रहेको जानकारी दिएका छन्। फिल्मको निर्देशन उनी आफैले गर्दैछन्। फिल्म ‘धन सम्पत्ति’, ‘भुतुक्कै भए नि’, ‘आँखा लोभी मन पापी’, ‘सावधान’ लगायत एक दर्जन बढी फिल्ममा उनले अभिनय गरिसकेका छन् । उनको पहिलो टेलिफिल्म ‘ट्वाक्क टुक्क’ हो।

Leave A Reply

Your email address will not be published.