सुचना, समाचार र मनोरन्जन
jaar

पूर्णकला बिसी र बिमल परियारको ‘पछ्यौरी चुन्नीको’

काठमाडौं :

लोकप्रिय गायिका पूर्णकला बिसी र गायक बिमल परियारको सुमधुर आवाज रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार ‘पछ्यौरी चुन्नीको’ बोलको गीत रिलिज गरिएको हो।

गीतमा तिलक रामदमको शब्द अनि संगीत रहेको छ। मनछुने गीतलाई जुजु गुरुङले एरेन्ज गरेका हुन्। गीतको भिडियो समेत सुन्दर बनेको छ। भिडियोमा गीतकार तिलक स्वयं देखिएका छन्। तिलकलाई अभिनयमा रिना गुरुङले साथ दिएकी छन्। शेर साउदमले निर्देशन,मुकेश हुमागाईँले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.