सुचना, समाचार र मनोरन्जन

केवलको फिल्म ‘मायाका रंगहरु’मा पलपछि अनुबन्ध भए भारतिय कलाकार कुन्दन

काठमाडौं :

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म ‘मायाका रंगहरु’घोषणा भएको लामो समयपछि निर्माणमा जुटेको छ। दुई वर्ष अघि घोषणा भएको फिल्ममा निर्माण टिमले अभिनेता कुन्दन भारद्धाज अनुबन्धित गर्दै निर्माण अगाडी बढाएको हो।

भोजपुरी फिल्मका अभिनेता कुन्दनलाई निर्माण टिमले शुक्रबार अनुबन्ध गर्दै फिल्मको काम अगाडी बढाएको हो। कुन्दनले भारत िसोनी टेलिभिजनबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान लगायतमा काम गरिसकेका छन् भने बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य अभिनेताको रुपमा समेत काम गरिसकेका छन् ।

Pach Pandav

फिल्मको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन्। यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह–निर्माता जेनिश न्यौपाने हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्म निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

Leave A Reply

Your email address will not be published.