सुचना, समाचार र मनोरन्जन

प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राम्रो काम नगरे प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारबाट बालकोट पुर्‍याइदिने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले ने प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्।

‘हामीले जुन दिन चाहँदैनौँ वा प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसकै छ,’ महामन्त्री थापाले भने।

उनले नेपाली कांग्रेस सरकारमा भएको बेला धेरै काम गर्नुपर्ने पनि बताएका छन्। ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ,’ उनले भने।

उनले बालकुमारीमा शुक्रबार भएको घटना दुःखद् भएको पनि बताएका छन्। {न्युज एजेन्सी नेपालबाट}

Leave A Reply

Your email address will not be published.