सुचना, समाचार र मनोरन्जन

मर्दी ट्रेकिङ गएका विदेशी पर्यटक सम्पर्कविहीन

काठमाडौँ/

कास्कीको पोखरा/मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

Pach Pandav

गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको वडाध्यक्ष गुरुङले जानकारी दिए। आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ।

करिब २२÷२३ वर्षीय ती युवकले गाउँपालिकाको पर्यटक फर्म पनि पूरा नभरेको पाइएको वडाध्यक्ष गुरुङले बताए ।

Leave A Reply

Your email address will not be published.