सुचना, समाचार र मनोरन्जन

‘ह्युमन राइट्स कन्सर्ट’मा ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडोसंगै गायक करण राईको धमाकेदार प्रस्तुती

काठमाडौं :

ह्युमन राइटसको ७५ औं वार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं वार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा गायक राईले प्रस्तुती दिएका हुन्।

कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका गायक करण र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिए । करण राई भूटानी शरणार्थी शिविर शनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका छन् ।
संसारभरिवाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो । पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च ¥यापर एम सि सोलार, ग्वाटेमालाकि गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए ।

गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत ‘ताँती छन् अझ धेरै जिउनलाई रहरहरू’ बोलको गीतबाट आफ्ना प्रस्तुती सुरु गरेका थिए। गायक राईले नेपाली गीत गाउदा पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा भिभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो । सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुति दिएर कार्यक्रम समापन गरिएको थियो ।

‘युएनले हामीलाई शरणार्थी अवस्थादेखि नै सहयोग गरेका थियो । आज उनीहरूकै निम्तोमा, उनीहरूले नै आयोजना गरेको कन्सर्टमा मैले गीत गाएर उनीहरूलाई सुनाउन पाउनु मेरो लागि ठूलो अवसर हो,’करणले भने,‘अझ विश्वप्रशिद्द नामुद कलाकारहरूसँग म जस्तो संगीतमा बामे सर्दै गरेको मान्छे सँगै उभिन पाउनु पनि अकल्पनीय उपलब्धी हो ।’

कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले पनि एउटा शरणार्थीले जेनेभाको ठुलो कार्यक्रममा प्रस्तुती दिन ठुलो कुरा रहेको बताए।
उनले भने ‘एउटा प्रतिभालाई शरणार्थी शिविरदेखि जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तर देख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो । जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ ।)ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीक कन्सर्टमा नेपाली गायक र गीत गुन्जिएको सायद पहिलो हो । संगीत, कला र आत्मियता सिमानाभन्दा विशाल हुँदोरहेछ ।’

Leave A Reply

Your email address will not be published.