सुचना, समाचार र मनोरन्जन

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ

काठमाडौँ/

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन्।

आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पाइने च्याउलाई प्रवर्द्धन र बजारीकरण गर्न जरुरी रहेको बताए।

उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे। उनले विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए। गत १० वर्षयता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताए।

उनले भने, ‘हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने, च्याउहरुको महत्वलाई जनताको बीचमा पुर्‍याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ। नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरुको अझै पनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ।’

Leave A Reply

Your email address will not be published.