सुचना, समाचार र मनोरन्जन

आज नेपाली टोपी दिवस : ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्दै मनाइदै

पोखरा ।

यस वर्ष ’नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो ।

अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको छ ।

Gandarbha

पछिल्लो समय राष्ट्रिय पोसाक प्रयोगमा आउँदैन । तर अझै पनि दौरा सुरुवाल, टोपी र गुन्यु चोलोमा नेपालीपनको आभास हुन्छ । यो कुनै जाति विशेषको भन्दा पनि समग्र नेपालीलाई चिनाउने पहिरन हो ।
अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएका छन् । आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् । आफ्नो पारिवारिक, सामाजिक र राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर छ युवा पुस्तामा ।

राष्ट्रिय पहिचान सङ्कटमा पर्दै गएको र जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना गर्ने हेतुले टोपी दिवस मनाउने गरिन्छ । युगौँदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपुरÞ्याएको र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्नुपर्ने माग समेत बढ्दै आएको छ ।

यसैक्रममा पोखरामा पनि एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यहि पौष १६ गते (जनवरी १ तारिख, २०२४) आज आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको हो ।

 

 

Leave A Reply

Your email address will not be published.